देशभर थप २७३६ जनामा कोरोना संक्रमण
थप २२ जनाको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना संक्रमण मुक्त भएका छन् ।
आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।






