Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

आमाको माया – कथा

आमा शब्द ‘आ’ र ‘मा’ मिलेर बनेको छ । ‘आ’ को अर्थ आफूलाई जन्मदिने र ‘मा’ को अर्थ माया गर्ने स्वच्छ र पबित्र शब्द हो । जुन शब्द अपार एक छुट्टै किसिमको माया, ममता र स्नेहकी खानी हो । आमा एक असल शिक्षिका हुन । आमाको माया खै कुन शब्दले बयान गरूँ आमा एक सृष्टिकर्ता हुन् । यो धर्ति माता हुन । आमा घरकि लक्ष्मि हुन । आमा आफू खिएर जलेर हामीलाई माया, ममता र पालन पोषण गरेर हुर्काउन चाहन्छिन् । आमाले हामीलाई गर्भधारणदेखि दश महिनासम्म कोखमा बोकेर हुर्काउने र २८० दिनमा त्यो अध्यारो संसारबाट मुक्त गराइ यो उज्यालो संसारमा पाइला टेकाउने महान काम आमाबाट हुन्छ ।

कौशिला अधिकारी

आमा प्रसब पिडामा बिछिप्त भएर भुइँमा ढलिरहेको हुन्छिन् । जब नवजात शिशु साल नाल रहित देख्न साथ आमालाई प्रसव पीडा कम महसुस भईहाल्छ । तर प्रसव पीडा भने कम हुदैन ? नहँुदा नहुँदै अस्वस्थ अवस्थालाई ध्यान नदिएर नवजात शिशुलाई आफ्नो नाङ्गो छातिमा न्यानो बनाई टाँसेर राख्छिन् । अनि आफु स्वस्थ भएझै महसुस गर्छिन् ।

नवजात शिशुको अगमान हँुदा आमा खुसी भएकी हुन्छिन् । घरको चुलोचौकोका कामदेखि मेलापातको जिम्मेवारी थप हुँदै जान्छ ? नवजात शिशुको हेरचाह स्याहार सुसार गर्दागर्दै साँझ पख हुन्छ । आमालाई चुलो चौकोमा भ्याइ नभ्याई हुन्छ । बेलुकाको खाना पाक्छ अनि सबैले खाना खाई सक्छन । तर आमालाई भने चुलो चौकोको काम सिमित भईराख्नु पर्छ । नवजात शिशुलाई बिस्तरामा लिएर जान्छिन् सुत्न भनेर । नवजात शिशुले आमाको स्तनलाई चुस्छ चुस्दाचुस्दै दूध खाएर भोकको प्यास मेट्छ शिशु निदाउँछ । आमा पनि निदाउछिन् ।
तर त्यो नवजात शिशुको मानसिक विकास भइसकेको हुँदैन । त्यसैले राति दिशा पिसाब गर्छ अनि सुत्ने बिस्तार दिशा र पिसाबले चिसो भएर सुत्न नमिल्ने भएको हुन्छ । शिशु चिच्याई रहेको हुन्छ । तर आमाले आफ्नो निन्द्रा हाटई फोहोर नमानि त्यो बिस्तरालाई उठाइ पुनः अर्को बिस्तरा लगाई न्यानो बनाउछिन् । नवजात शिशु पुनः निदाउँछ ।

आमालाई खास्सै निन्द्रा लाग्दैन । कोल्टो फर्दाफेर्दे बिहानको पाँच बच्छ । आमालाई घर लिपपोत गर्दा बिहानको सात बच्छ । केही समयपछि शिशुको स्याहार सुसार गर्छिन । शिशु हुर्किदै बढ्ढै जान्छ । हाम्रो नेपालमा काम नगरेर बच्चालाई स्याहार सुसार गरेर मात्र बस्ने स्थिति थिएन ? शिशु डेढ वर्ष नहुँदै घरमा छोडेर साँहुको मेलापात गर्न जानुपर्ने । त्यहाँ कसैले केही खान दिएपछि कम्मरमा बाँधेको पटुकीमा बाधेर साहुको मेलापात सकिए पछि घरमा आएर त्यो शिशुलाई साहुको मेलाबाट ल्याएको खाने कुरा खुवाउने गर्छिन् ।

आफु भोकै बसेर आफ्नो छोराछोरी पालन, पोषण, शिक्षा दिएर उज्यलो जिन्दगी बनाउने गर्छिन् । तर त्यहि छोरा ठूलो हुन्छ बिहे गर्छ आमा खुसी हुन्छिन । त्यो खुसी बाँड्न नपाउँदै छोरा बुहारी मिलेर वृद्धाश्रम लगेर पु¥याउने गर्छन । यदि आमाको मन छोराको जस्तो मन भए त आफुले नखाएर भोक प्यास निन्द्रा मेटाई किन पालन पोषण होला र ? किनकि कि यो संसारमा आमाको जस्तो माया केवल कसैले नि कसैलाई गर्दैन होला ।

धन सम्पतिले अरू सबै किनेर पाईन्छ तर आमा न त धन सम्पतिले किनेर नै पाईन्छ । आफ्नो सन्तानलाई आफ्नो प्राण भन्दा प्यारो ठानि उच्च माया ममताका साथ हुर्कानुहुने आमाप्रति उच्च नमनका उच्च सम्मान छ । आमाको मायाको प्रति म सधै ऋणि छु । आमाको मायालाई कुन शब्दले सम्बोधन गर्ने जुनै शब्दहरु पनि फिका लाग्छन् । आमाको माया सधै अपरम्मपार छ ।