Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

हुम्लाका विद्यालय फेरि आजदेखि बन्द

हुम्ला ।

लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु आजदेखि फेरि बन्द गरिएको छ ।

कोरोना भाइरस सङक्रमणको जोखिमलाई मध्यनजर गर्दै मङंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिएको हो ।

हिजो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने, अन्तरपालिका आवतजावतमा समेत कडाइ गर्नेलगायतका निर्णयहरु गरेको छ ।

उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो । त्सैगरी उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।