Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

२४ घण्टामा थप ८९९ जनामा संक्रमण : १५ जनाको मृत्यु

काठमाडौं : 

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । थप १३५९ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजारको नमुना परीक्षण गर्दा ८९९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । जसमध्ये २ लाख ३४ हजार २३१ जनाले कोरोना जितेका छन् ।

अहिलेसम्म नेपालमा १६ सय ८९ जनाको मृत्यु भइसकेको छ । ५९९ जना क्वारेन्टिनमा छन् भने ११ हजार ६७३ जना आइसोलेशनमा छन् । नेपालमा अहिलेसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको छ ।