Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

आज शतवीज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहने गर्दछ । शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक वनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।

पितृको सम्झनामा सतबीज छरी आज बाला चर्तुदशी मनाईदै

यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । शतवीज छर्नेकुरामा ठाँउअनुसार आफ्ना आफ्नै चलनहरु रहेको पाईन्छ र माथी उल्लेख गरेका अलावा चना, तील, मकैहरुपनि राखेर शतवीज छर्ने चलन रहेको छ भने अन्नका साथसाथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन रहेको छ । यसरी शतवीज छर्नका लागी चर्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम वसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ । यसरी पृथ्वीलोकमा छरिएको शतवीज चाँही पितृहरुको लोकमा गएर अकुंरण हुने र यिनै विजकाकारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।

काठमाडौको पशुपतिनाथ अनि आसपासका किरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक बन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुईँचो अनि मेला लाग्ने गर्दछ । पितामाता या पितामह या मातामह अर्थात हजुरवुवा अनि हजुरआमा या सातपुस्ता भित्र जुठो बार्न पर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खि बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पुरागर्न नसकेमा या कुनै त्रुटीभएमा बाला चर्तुदशीको दिन पवित्र खोलामा तिनफेर डुबुल्की मारेर चोखो भई शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम वसेर मृतात्माको नाममा दिप प्रज्वलन गर्नाले सम्पूर्ण दोषवाट मुक्तिपाउने जनविश्वास रहेको छ ।

यसरी दिप प्रज्वलनगर्न शिवालय या शक्तिपीठ नै पुग्ननसकेको खण्डमा मृतात्माको नाममा घरमै श्रद्धाकासाथ वत्ति प्रज्जवलन गरेर, दुना या टपरीमा बत्तिलाई राखी माथीवाट ज्वाला निस्कने ठाँउ दिएर अर्को दुना, टपरी या वोहतीले छोपेर खोलामा वगाउने चलन छ । यसरी सहजै वत्तिवगेको खण्डमा पितृले वैतर्नी तरेको र वत्ति सहजरुपमा नबगेको खण्डमा पितृले वैतर्नी नतरेको मान्यता पनि छ ।

सबैभन्दा रोचक प्रसँग चाही आजको दिन पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्तीसँग समबन्धीत छ । उक्त गणेशको मुर्तीलाई कान नसुन्ने रुपको भगवानका प्रतिकका हिसाबले लिईन्छ र तसर्थ भक्तालुहरु ले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मुर्तीलाई कान सुनाउन खोज्ने चलन र अथक प्रयासहरुले बालाचर्तुदर्शीको अन्त्यमा रोचक महत्व राख्दछ ।

बाला चर्तुदशी एउटा मित्रताको प्रसँग पनि हो, बाला एकजना असुर हुन भनेँ उन्का साथी व्रिसलाई राजाले बाला लाई मार्नकालागी पठाएका हुन्छन् । बाला ले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाईदिने गरेकाले जनताहरुले धेरै दुख्ख पाएका हुन्छन् । व्रिसले आफ्नो साथी बाला लाई छलले मार्न उचित ठान्दैनन र मित्रताको न्यानो परिधीभित्र बाला ले जस्तोसुकै असुरभएको भएपनि आफ्नो साथी भएकाले हत्या गर्न नसक्ने भएकाले गएर श्लेषमान्तक बनमा गएर आदिददेव शिवजीको तपस्या गर्दछन् । शिव व्रिसको तपस्याले प्रसन्न भएर बालालाई असुरजुनीवाट मुक्त गरिदिन्छन् र व्रिसलाई शतवीज छरेर आफ्नो साथी बालालाई पापवाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी शतवीज छर्ने चलन शुरुभएको र आजको यो दिन मित्रताको दृष्टान्तकारुपमा पनि उत्तिकै महत्पूर्ण रहेको कुरा बाला र व्रिसको यो कथाले प्रष्टपारेको छ । हाम्रो पात्रो