कमानसिंहसँग जोडेर म विरुद्ध सुनियोजित षड्यन्त्र भयो : नारायणकाजी
काठमाडौं ।
‘नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली–गलौज गर्ने चलन चलेकै छ ।
तर, सार्वजनिक अडियोरभिडियो अनुसार उहाँले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुसन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन ।’

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख विष्णु रिजालले आफ्नो फेसबुक वालमा लेखेका पंक्ति हुन् यी ।
नेकपाकै केन्द्रीय सदस्य, पूर्वराजदूत कमानसिंह लामाको निधन र उनले निधनअघि आफ्नो फेसबुक वालमा लेखेका विषयलाई जोडेर टिकाटिप्पणी भइरहेको समयमा नेकपा कै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठको अडियो/भिडियो क्लिप सार्वजनिक गर्दै भइरहेका प्रचारवाजीलाई लिएर रिजालले यस्तो स्टाटस लेखेका हुन् ।
उनले प्रश्नसमेत गरेका छन्– शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरेजस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ ।
नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट ।
पछिल्लो समय सामाजिक सञ्जालहरुले सूचना प्रवाहमा ठुलो पहुँच राख्न थालेको पाइन्छ । व्यक्तिले आफ्नो बुझाइका आधारमा धारणा बनाउने र तिनै धारणाको विश्वासमा परेर अन्यले समेत विषयको गम्भीरता र वास्तविकता नबुझि टिप्पणी गर्ने क्रम सामाजिक सञ्जालमा बढ्दै गएका कारण विकसित मुलुकहरुमा यस्ता सूचना प्रवाहमा नियन्त्रण गर्न थालिएको छ ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पकै कतिपय ट्वीटलाई ट्वीटरले ‘सेन्सरशीप’ लगाएको थियो ।






