Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

यौनेच्छा जगाउने कुरामा हर्मोनको भूमिका

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज अहिलेसम्म राम्ररी खुल्न सकेको छैन । धेरैले यस मामिलाई लुकाउने गर्दछन् । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्मका रुपमा लिने गर्दछन् । तर, यसको मनोवैज्ञानिक आयाम सबैभन्दा महत्वपूर्ण हुन्छ । यही तथ्य नबुझिदिँदा विभिन्न समस्या आइलाग्छन् । यसको सही अर्थ र उपभोग गर्न तादम्यता नमिले दाम्पत्य जीवनमा समेत बेचैनी हुनसक्छ ।

यौनेच्छा जगाउने कुरामा हर्मोनको भूमिका

प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । पुरुष या महिला दुबैलाई यौनेच्छा हुनुपर्दछ । जीवनका लागि भोक, निद्रा, प्यासजस्तै यौन पनि अत्यावश्यक कुरा हो । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यो प्रकृतिले नै दिएको कुरा हो । यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय हुन्छन् ।

यौन क्रियाका लागि पनि हाम्रा इन्द्रियहरूले महत्वपूर्ण भूमिका खेल्छन् । यौन उत्तेजनाका लागि हाम्रा इन्द्रियहरू नभै नहुने कुरा हुन् । लिङ्ग उत्तेजना कुनै पनि पुरुषको यौन जीवनको अभिन्न अङ्ग हो । लिंग उत्तेजित हुन व्यक्ति पनि यौन उत्तेजित हुनुपर्छ । यौनेच्छा जाग्ने कुरामा हर्मोनले महत्वपूर्ण भूमिका खेल्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पार्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसमा स्वभाविक रूपमै इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ ।

पुरुषको लिंग उत्तेजित हुनका लागि यौनसम्बन्धी कुरा मस्तिष्कसम्म विभिन्न तरिकाले पुगेपछि उत्तेजित हुन्छ । विभिन्न अंग (स्रोत) बाट, सन्देशहरू स्नायुप्रणालीका नसाबाट, विद्युतीय तरङ्ग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका सन्देश प्राप्त भए व्यक्तिमा यौन उत्तेजना बढ्छ ।

सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले यौन जीवन राम्रो बनाइदिन सक्छन् । जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन् । पाकेको वा कुहिएको फलफूलको गन्धले र त्यसले फ्रुटफ्लाइ नामक जीवमा यौनवर्द्धकको काम गर्ने कुरा विज्ञानले भनेको छ ।

यौनेच्छा सबैलाई हुन्छ नै तर, कसैकसैलाई यौन दुर्वलताले समेत सताएको हुन्छ । यौन दुर्वलताका कारण बिभिन्न हुनसक्छन् । जस्तै– पुरुषलाई आफ्नै लिंगप्रतिको हीनताबोध ।  आफ्नो यौनसाथीप्रति नकारात्मक सोच र अविश्वास ।  पारिवारिक तनाव । व्यवसायिक तनाव । मानसिक समस्या, चिन्ता र दिक्दारीपन, रक्तचाप, अधिक ध्रुमपान, डिप्प्रेसन आदि कुराले मानिसमा यौन दुर्वलता बढाएको हुनसक्छ ।

लिभर, किड्नी, फोक्सो, मुटु आदि सम्बन्धी समस्या, थााइराइड, मधुमेहजस्ता रोग लागेमा शरीरमा सेक्स हर्मोन उत्सर्जन कम हुन्छ । यसले गर्दा लिंग उत्तेजित नहुने, सेक्स गर्न मन नलाग्ने हुनसक्छ ।