Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

प्रदेशविकास परिषदको बैठकआगामी चैत्रमा

सुर्खेत |
कर्णाली प्रदेश विकास परिषदको बैठक आगामी चैत्रमा आयोजना गरिने भएको छ । वि.स. २०७७ साल चैत्रमा आयोजना गरिने कर्णाली प्रदेश विकास परिषद बैठकमा एकरुपतामा लिनका लागी पञ्चवर्षिय योजनाको जानकारी गराइने प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायाले जानकारी दिनुभयो ।

रोकायाका अनुसार विकास परिषद बैठकमा स्थानीयतहको आवाधिक योजना निमार्णको लागी सहजीकरण, प्रदेश महत्वको आयोजनाहरुको अध्यावधिक गर्न छलफल गरिने छ ।

त्यस्तै बैठकमा प्रदेश समसामयिक विकास सम्बन्धी समस्याको समधानका लागी छलफल गर्ने, प्रदेश र स्थानीयतह विच साझेदारी गर्ने विषय लगायतका विषयमा छलफल हुने डाक्टर रोकायाले जानकारी दिनुभयो ।