मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएकाे थियाे ।
विश्वविद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर, सिंहले ज्ञापन पत्र बुझ्न मानेनन् । सिंहले मातहतका परीक्षा नियन्त्रण कार्यालय लगायतलाई बुझाए हुने बताएका थिए ।
उनी निस्किने क्रममा विद्यार्थीले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको सुर्खेत प्रहरीका डीएसपी रामप्रसाद घर्तीले बताए । सो घटना हुँदा तीन जना विद्यार्थी घाइते छन् ।






