Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

संविधानको हत्या हुँदा हाँस्न सक्दैनौं : प्रचण्ड

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् ।

बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताए ।

तर, केपी ओली भने हाँसेर बसेको प्रचण्डले बताए । सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे । अनलाइन खबर