Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

गाईले जन्मायो तीन वटा बाच्छी

लक्ष्मीको संज्ञा दिँदै गाइलाई हेर्न आउनेको भिड

डोटी |

डोटीको जोरायल गाउँपालिका–५, धुपारीस्थित मोहनबहादुर बोगटीको घरमा गाईले तीन वटा बाच्छी जन्माएको छ । स्थानीय जातको गाइले ३ वटा बाच्छी पाएपछि उनको घरमा बाच्छी हेर्न आउनेको भिड लाग्ने गरेको स्थानीयवासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाईले ३ वटा बाच्छी पायो, अहिले पनि लक्ष्मीको संज्ञा दिँदै हेर्नेको भिड लाग्ने गरेको छ ।’

एउटै गाईले ३ वटा बाच्छी पाएको डोटीमा पहिलो घटना भएको भन्दै स्थानीयहरु चकित परेका छन् । गाईले ३ वटा बाच्छी पाएपछि अहिले दूध खुवाउन समस्या भएको किसान मोहनबहादुर बोगटीले बताउनुभयो । गाईले पाएका ३ वटा बाच्छीमध्ये एउटा बाच्छी भने गाईले कुल्चेर मरेको कृषक बोगटीले बताउनुभयो । इटुडेअलर्टबाट