Loading... आजः १७ फाल्गुन २०७७, सोमबार । Monday 1st March 2021

पारदर्शी तरिकाले काम सम्पन्न गर्छाैं : अध्यक्ष टीकाराम लम्साल

सुर्खेत ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफमा रुन्टी खाने पानी आयोजना शिलान्यास गरिएको छ ।  तुर्माखाँद ग्रामीण जलस्रोत आयोजनाको आर्थिक सहयोग र रुडेक नेपालको प्राविधक सहयोग तथा सहजीकरणमा निमार्ण हुन लागेको सो आयोजनाको वडा सदस्य तुले कामीको उपस्थितिमा शिलान्यास गरिएको हो ।

रुन्टी खानेपानी आयोजनाबाट १३७ घरधुरी र एउटा विद्यालय लाभान्वित हुने आयोजनाका अध्यक्ष टीकाराम लम्साल जैसीले जानकारी दिए । ८९ लाख ४७ हजार ५ सय ५८ रुपैँया ७४ पैसा को लागतमा निमार्ण हुन लागेको सो आयोजनामा २३ लाख ४५ हजार ८ सय ४६ रुपैँया ९ पैसा श्रमदान तथा २८ लाख ३८ हजार ७ सय ३६ रुपैँया १० पैसा गाउँपालिको अनुदान सहयोग, १३ लाख १७ हजार ४१ रुपैँया ५१ पैसा नेपाल सरकारको अनुदान सहयोग र २४ लाख ४५ हजार ९ सय ३४ रुपैँया २४ पैसा फिलल्याण्ड सरकार र युरोपियन यूनियनको अनुदान सहयाेग रहेको आयोजनाका अध्यक्ष लम्साल बताए ।

प्रत्येक घरधुरीले आफ्नै लगानीमा ९८ हजार लागतको धारा निमार्ण गर्ने गरि काम अगाडि बढाउने अध्यक्ष लम्सालले उल्लेख गरे ।

अध्यक्ष लम्सालले भने,‘तुर्माखाँद गाउँपालिको छेउमा पर्ने यो वडामा अहिलेसम्मकै ठूलो लागतमा यो योजना हुन लागेको छ । हामीले यस योजनालाइ समयमै पारदर्शी तरिकाले काम गछौं ।’ सबैको हातेमालो भए समयमै काम सम्पन्न गर्न कुनै दुविधा नरहेको पनि अध्यक्ष लम्सालले बताए  ।

आइतबार शिलन्यास गरिएको रुन्टी खानेपानी आयोजनामा सहभागि हुँदै वडा सदस्य तुले कामीले यस योजानालाई आफूले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे । काम समयमै र पारदर्शी तरिकाबाट हुनेमा आफू विश्वस्त रहेको पनि वडा सदस्य कामीले बताए ।

रुडेक नेपालका प्राविधिक तिलक विसीले यो आयोजनामा आफ्नो प्रत्यक्ष संलग्न हुने भएकोले समयमै काम सम्पन्न हुने बताए । उनले खानेपानी, सरसफाइ, जीविकोपार्जन जस्ता क्षेत्रमा रुडेक नेपालले काम गरिरहेको बताउँदै नागरिकको समस्या मलम लगाउने काम भइरहेको बताए ।