Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

कविता – म पागल छु

म पागल छु तर घर छाडेकै होइन
मान्छेहरू सोच्दा हुन् ,
पागलको त कुनै दिमाख हुदैन
म सँगी विहिन छु ।
पागल छु
वर्षा यामको झरी जस्तै
अझैँ त्यो भन्दा गाढा गाढा पागल छु म

नदि तिम्रो शरीर जस्तै
घरभन्दा टाढा अझ त्यो भन्दा
भागि जाने ,

पागल हुँदै होइन भन्छु म,
म पागल हु रहरले
घर छाडेको होइन तर म पागल।।।।।

तिमी सभ्य र सद्दे छौ
मेरा हात खुट्टा जस्तै
तिम्रो दिमाग चल्छ
अझै तिमी पहाड झै इमान्दार
र सभ्य छौँ ।

म दिउसैँ हराई जाने
म साथी विहिन छु
केबल म असभ्य
देखिँदो हुँ
तिम्रा कथित सभ्य आँखामा ।

म वेवारिसे पागल हुँदै होइन
तिमी जस्तै महलमा बसेर
रमाउन नसकेको सम्म हुनसक्छु

तिम्रो बुझाइमा
मेरो दिमाग हावा सरि उडिरहयो
म पागल होइन ,
तिम्रो मायाले मलाई पागल बनाई दियो
यद्यपि भन्दैछु
म पागल होइन

अझ कसैले अतृप्त माया खनाई
पागल बनाई दिएको होईन मलाई ,

चङगा सरि उडिरहेको
मन थमाई दिने मेरो केही छैन ।
फेरि पनि
पागल भएको मनको
पागलपनकै खोजीमा
यो मन
पागल नै भै रहेको छ ।