Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

कहिले सुिध्रयला सरकारी विद्यालयको अवस्था

नेपालको अधिकांश स्थानियतहहरुको बजेट अहिले मोटरबाटो र विद्यालयहरुमा खर्चिएको पाइन्छ । बाटोघाटोहरु हेर्दा एउटै ढुङ्गालाई यता र उता सरिएको देखिन्छ । देश संघीयतामा छ । देशमा समानुपातिक विकास होस भन्ने हेतुका साथ नेपाललाई ७ प्रदेश तथा ७५३ वटा स्थानीय तहहरुमा विभाजन गरिएको पाइंन्छ । देशमा स्थायी सरकार होस् भनी जनताको दुईतिहाइ मत पाएको पार्टीबाट प्रधान्मन्त्री चयन गरिएको हो । देशको संविधान बनिसकेको छ संविधानमा शिक्षा तथा स्वास्थ्यलाई निःशुल्क गर्ने नीति तथा कार्यक्रमा ल्याइएको छ । त्यस्तै मानव अधिकार, बालअधिकार, महिला अधिकार तथा जस्ता सवाल र बालबालिकालाई छात्रबृत्ति जस्ता कुरालाई अगाडि सारिएको पाइन्छ । स्थानीय तहहरुले पनि नीति तयार गरी राजपत्रमा प्रकाशित गर्दै आइरहेका छन् ।

जनक प्रसाद अधिकारी

करोडौको लगानी गरी हरेक वर्ष विद्यालयहरुको नाम बेच्दै मोटरबाटो, बिद्यालय भवन, शौचालय, खानेपानी, खेलमैदानको व्यवस्था गरिएको पाइन्छ । समुदायले पनि बालबालिकको लागि धेरै लगानी गरिरहेका छन । कतिपय विद्यालयका योजनाहरु जनश्रमदानबाट निर्माण तथा मर्मत गरिरहेका हुन्छन । त्यस्तै संघसंस्थाहरुले लगानी गरेका कार्यहरु पनि धेरै मात्रामा रहेका छन । विद्यालयहरुमा भौतिक संरचनाहरु अभाव छैन, स्रोत र सामग्रीको अभाव छैन । सिकाई सामग्रीहरु पनि प्रयाप्त देखिन्छन । तर सबै विद्याालयहरुमा समानुपातिक तरिका छैन, पहँुचको आधारमा स्रोत र सामग्रीहरु रहेको पाइन्छ । त्यस्तै विद्यार्थीको अनुपातमा शिक्षक अपुग भएतापनि पढाइको अवस्थालाई पाठ्यघण्टी अनुसार अभाव देखिएको छैन ।

नेपालको संविधान २०७२ ले धारा ३९ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गिण व्यक्तित्व विकासको हक हुनेछ ।, बालबालिकालाई प्रारम्भिक बालविकास तथा बाल सहभागिताको हक हुनेछ । कुनैपनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैना, प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ । यस अवस्थालाई हेर्दा कतिपय स्थानीय तहहरुमा बालबालिकाहरु खुल्ला आकाश मुनी धुलो खेल्दै हिलो र धुलोलाई बिछ्याउन बनाउदै पक्की भवन भित्र सिमेन्टको पिज भुइँमा खाली बसेर पढिरहेका छन् ।

भनिन्छ विद्यालय एउटा मन्दिर हो । नेपालको ग्रामिणस्तरका विद्यालयको अवस्था भने दयनीय देखिन्छ । अहिले आएर भौतिक संरचनाहरु बन्दै गरेका छन तर विद्यार्थीलाई ढुक्कासँग बसेर पढ्न सक्ने बातावरण बनेको देखिदैन । भवन छ फर्निचर छैन, फर्निचर छ प्रयाप्त छैन, धारा छ पानी छैन, पानी छ धारा छैन, भवन छ खेलमैदान छैन खेलमैदान छ, भवन छैन, सबै प्रयाप्त छ तर शिक्षको गुणस्तर छैन । यस्ता समस्याको कारण नेपालको ग्रामिण इलाकाका विद्यालयहरुमा शिक्षाको गुणस्तर कम हुँदै गइरहेको छ । बालबालिकहरुको लागि प्रयोग गर्ने शैक्षिक सामाग्रीहरु कतिपय विद्यालयहरुमा प्रसस्त रहेतापनि प्रयोग विहिन अवस्थामा रहेका छन् । उदाहरणको लागि बिद्यालयहरुमा कम्प्युटर, नेट, फोटोकपी डिजिटल सामग्रीहरु प्रयोग बिहीन अवस्थामा छन् । त्यस्तै हरेका बर्ष पहुँचको आधारमा विद्यालयमा पूर्वाधारको योजनाहरु निर्माण गर्ने तर बालबालिकालाई सिमेन्टको भुइँ तथा धुलोमा बसाउदै पढाई गरिरहेको देखिन्छ । हरेक वर्ष विद्यालयको भवन र खेलमैदान भन्दै बजेट माग गर्ने गरिन्छ । प्रत्येक वर्ष नयाँ र पुराना सामाग्रीहरु खरिद गरिरहेकै हुन्छन । तर प्रयोग भने नभएको देखिन्छ । हरेक वर्ष विद्यालय निर्माण गर्ने भन्दा पुरानै मर्मत सम्भार गर्दै बालबालिकको लागी कार्पेट तथा फर्निचरको निर्माण, खरिद गरी बालबालिकालाई ढुक्कासँग बसेर पढ्ने बातावरणको श्रृजना गरेका खण्डमा बालबालिकालाई सहज हुने थियो । त्यस्तै विद्यालय प्रति बालबालिकको धारणा सकरात्मक हुने र पढाइ दिगो हुने थियो ।

अविभावकले गरेको करोडौ लगानी स्थानीय तहहरुले गरेको अर्को लगानी तथा संघसस्थाले गरेको लाखौँको लगानी बालमैत्री बसाई व्यवस्थापन नभएको कारण बालबालिकले पढाएको नबुझिने गरेको पाइएको छ । घरमा बालबालिका १ मिनेट भुइँम खालि बसेमा चकटी ओछ्याउन दिन्छौ तर विद्यालयमा ६ घण्टा एकसरो कपडा सित भुइमा सिमेन्टको चिसो र धुलोकोठामा बसिरहेको हुन्छन् । बसाइ नै मिलेको छैन भने सिक्षकले जति मेहनेत गरेपनि अखिर प्रतिफल कम आउने नै भयो । बाहिर हेर्दा विद्यालय राम्रो तर बालबालिकको अवस्था दयानीय देखिन्छ । संघ, प्रादेश र स्थानीय सरकारको लगानी विद्यालयहरुमा अरबौ मात्रामा छ । त्यस्तै अविभावकले विद्यार्थीहरुको लागि गरेको लगानी करोडौंको मात्रामा छ । संघसस्थाले विद्यालयमा गरेको लगानी पनि करोडौं मात्रामा छ । दिनानुदिन बढ्दै गएको छ भने गुण्स्तरीय शिक्षामा गिरावट आइरहेको छ । विद्यालयमा हरेक वर्ष फिल्ड निर्माणको कार्य गिरएका हुन्छन तर अवस्था जस्ताको तस्तै छ । हरेक वर्ष भवन खानेपानी फर्निचर निर्माण हुन्छन तर अवस्था उस्तै देखिन्छ । हरेक वर्ष कम्प्युटर खरिद हुन्छन तर कतिपय बालबालिकाले कम्प्युटर छुनु त के देख्न पनि पाएका छैनन् । अनि कसरी हुन्छ सामुदायिक विद्यालय तथा बिद्यार्थीको प्रगती बालबालिकको लागि अविभावकले गरेको लगानि कम्ती छैन । हरेक वर्ष कापि, कलम, पोशाक, झोलालगायत खाना र नाना गरेर परिवारको १ जना विद्यार्थी बराबर ३० हजार खर्च गर्ने गरेको देखिन्छ । त्यस्तै संघसस्था, पालिका, शिक्षक, अविभावक, शुल्क, चन्दा गरी विद्यालयको करोडौँ लगानी देखिन्छ । उता विद्यालय व्यवस्थापन समिति पनि विद्यालयलाई चलाउने भन्दा विद्यालय अनुसार चल्ने गरेको पाइन्छ । उता अविभावकको, शिक्षक र स्थानीय जनप्रतिनिधिहरुको भनाइमा भौतिक संरचना मात्र भयो भने सबै पढाइ हुन्छ भन्ने गरेको विश्वास छ ।

हाम्रा व्यवहारहरु लाखौँका घरहरु आफै निर्माण गरी शौचालयको सेट अरुले दिएको भए हुन्थ्यो भन्ने धारण पलाएको हुन्छ । के हामी करोडौका पक्की भवन निर्माण गर्न सक्ने तर ५० हजार जत्ति को शैक्षिक सामाग्री खरिद गर्न सक्दैनौ र ? विद्यालयहरुमा पहिलो समस्या कक्षाकोठा व्यवस्थापन, स्रोत र सामाग्रीको अभाव, खेलमैदानको समस्या, मागको आधारमा नभई पहुँचको आधारमा बजेटको व्यवस्थापन गर्ने परिपाटिको कारण सामुदायिक विद्यालयहरुमा गुणस्तरमा गिरावट आएको देखिन्छ । बालबालिकाहरु इमेल र इन्टरनेट प्रयोग गरी पढाइ गर्ने सरकारको नीति अनुरुप कतिपय विद्यालयहरुमा इन्टरनेट जडान कम्यूटर जडान गरिएको छ ।

कक्षा ६ देखि पाठ्यक्रममा कम्प्यूटर शिक्षा समावेश गरिएको छ । विद्यालय तथा संघसस्थाहरुले कम्प्यूटर वितरण गरेको पाइन्छ । तर प्रयोग गर्ने दक्ष शिक्षकको अभावको कारण देखाउदै अधिकांश विद्यालयहरुले बालबालिकको लागि पढाइ बाहेक प्रयोगात्मक शिक्षण नहुने गरेको बिद्यार्थीहरु बताउँछन । अहिले कोरोना भाइरस कोभिड १९ को कारण देखाउँदै विद्यालयहरुमा समस्याको बखेडा झिक्ने कार्य भैरहेको छ । बालबलिकाको पढाइ प्रति ध्यान नदिने र कतिपय शिक्षकहरु पढाइप्रति भन्दा राजनीति प्रति बढि केन्द्रीत भएको कारण बिद्यालयहरुमा तछाड मछाडको अवस्था छ । अर्को कुरा बिद्यालयमा अनुगमन निरीक्षण गर्ने निकाय मौन देखिएको छ । उता अविभावकहरु विद्यालयमा बालबालिकालाई पठाइदिए पुग्छ भन्ने भावनाको विकास भएको छ । नेपाल सरकारले स्थानीय निकायलाई र व्यवस्थापन समितिलाई विद्यालयको पूर्णअधिकार दिएको बाहना गरेको छ ।

अविभावकहरु विद्यालय चलेको देखे पुग्छ चाहे त्यो बिद्यालयमा पढाई होस् वा नहोस मतलब छैन । शिक्षक समाजको ऐना हो भनिन्छ तर कतिपय शिक्षकहरु समाजको कुलतको उदाहरण वन्ने गरेको पाइन्छ । नीति नियम बनेकै छन तर प्रयोग र कार्यान्वयन भएको देखिदैन । हरेक बर्ष कार्यकर्ता पाल्नको लगि बिद्यालयमा पूर्वाधारको योजना निर्माण गर्ने गरिन्छ । सिकाइ प्रति उत्प्रेरण गर्ने शैक्षिक सामाग्री खरिद र प्रयोग गर्ने परिपाटीको विकास गरी सामुदायिक विद्यालयको बालबालिकको सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता सिपको विकास गराउदै बालअधिकारको बाँच्न, संरक्षण, विकास र सहभागिताको अधिकारमा सवलिकरण हुँदै बालबालिकाको विकासमा टेवा पुग्ने थियो ।

त्यसैले स्थानीय निकायहरुले अनुगमनमा ध्यान दिँदै समानुपातिक वितरण प्रणाली भन्दा आवश्यकतामा आधारित वितरण प्रणालीको विकास गर्नेपर्ने देखिन्छ । त्यस्तै विद्यालयमा भए गरेका सामग्रीहरु प्रयोग भए नभएको बारेमा अनुगमन गर्नुपर्ने देखिन्छ । शिक्षकहरुमा मितव्ययी र क्रियाशिलतामा ध्यान दिनैपर्ने देखिन्छ । अभिभावकको जागरुपता हुनुपर्ने देखिन्छ । विद्यार्थीहरुमा लगनशिलता र अनुशासन हुनुपर्ने देखिन्छ । विद्यालय व्यवस्थापन समितिले शिक्षकद्वारा चल्ने भन्दा शिक्षकलाई चलाउने क्षमताको विकास गर्ने गराउने कुरामा ध्यान दिनुपर्ने देखिन्छ । समाज र अभिभावकले विद्यालय हाम्रो हो भन्ने भावनको विकास हुनुपर्ने देखिन्छ । विद्यालय प्रशासनले बर्षको २ पटक अविभावक भेला गरि विद्यालयको अवस्थाको सार्वजानिक गर्नुेपर्ने देखिन्छ । त्यस्तै नीतिहरुको कार्यान्वयन घोगन्त शिक्षा भन्दा प्रयोगात्मक शिक्षाको विकासमा जोड दिनुपर्ने देखिन्छ ।