Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

गोठी गाउँमा पुग्यो प्रदेश सरकारको राहत टोली

जुम्ला ।

मंगलबार राती  सात बजेतिर जुम्लाको तिला गाउँपालिका– ७ स्थित गोठी गाउँमा आगलागी हुदाँ कर्णाली प्रदेश सरकारको आन्तरिक तथा काुननीम मन्त्री नरेश भण्डारीको टोली राहत वितरणका लागी गोठी गाउँमा पुगेको छ ।  सो गाउँमा आगो लाग्दा ३२ घर जलेर नष्ट भएका छन् भने एक सय भन्दा बढी पशुचौपाया मर्नुका साथै करोडौँको क्षति भएको छ । आगोले अन्नतपात, लुगाफाटो लगायत सबै क्षति हुँदा नागरिकहरु बिचल्लीमा परे ।

बल्ल गोठी गाउँमा पुग्यो प्रदेश सरकारको राहत टोली

 स्थानीय सरकारले राहत वितरण र व्यवस्थापनमा केही सहयोग गरे पनि प्रदेश सरकारले पनि दुई दिनसम्म पीडित बस्तीमा आफ्नो उपस्थिति नै जनाउन सकेन ।  आगलागी भएको करिब ४० घण्टापछि अर्थात् बिहीबार बिहानमात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली केही राहत बोकेर प्रभावित क्षेत्र पुगेको हो ।

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा  सहीतको टोलीले  ओढ्ने ओछ्याउने, कपडा, पाल, भाँडा, दाल, चामल, नुन तेललगायतका सामग्री बोकेर ल्याएको  वडाध्यक्ष हस्त बुढाले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार कठोर जाडोको समय र समुद्री सतहदेखि करिब तीनहजार मिटर उचाइमा पर्ने गोठी गाउँबासीका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी तथा बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको बताउनुभो  । विपत् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगे पनि विकट भूगोल र सुक्खा क्षेत्र भई पानीको अभाव हुँदा बस्ती पूर्णरूपले खरानी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी युवन कुमार चौधारीले बताउनुभयो । आगलागीबाट  ३ करोडभन्दा बढीको क्षति भएको भएको वडाध्यक्ष बुढाले बताउनुभयो ।