Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

 मुक्तक

१।
नरोउ हाम्लाइ कस्ले बुझ्दिन्छ प्रिय छुट्टिएरै बाँच्नुपर्छ।
समाजले जात मिल्दैन भन्छ  प्रिय  छुट्टिएरै बाँच्नुपर्छ।
देख्यौ नि अस्ति मात्र रुकुममा डर लाग्दो घटना घटेको
छुट्छ सम्बन्ध घटना घट्छ अप्रिय छुट्टिएरै बाँच्नुपर्छ।

२।
महिलाहरु पछाडि पर्न हुन्न भनिदिने को छ र ?
दिनदिनै शोषणमा पर्न हुन्न भनिदिने को छ र ?
सिमित छ महिला हक संविधानको किताबमा
भेदभाव र विभेद  गर्न हुन्न भनिदिने को छ र ?

गीता तिमल्सिना
मण्डनदेउपुर-२,काभ्रेपलाञ्चो