देशभर थप १५९ जनामा कोरोना संक्रमण
थप २६४ जना संक्रमणमुक्त
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ४५ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७५ हजार १ सय ५२ पुगेको छ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार हाल ९७ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल १ सय ५० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय २८ जना आइसियु र २२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।






