Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

महिनावारी – कविता

घर परपर राख्छौ
नारी महिनावारी
हुदाँ पार्वती,लक्ष्मी
पनि नारी हुन् तर
उनीहरु रजस्वला
नहुने होइन। उनिहरुले
छुई बारेको हजुरहरुले
कहाँ र कहिले देख्नु
भाएको छ। यदि आखिर
भवती माता भए पनि
नारी नै हुन। उनीलाई
देविको रुपमा पुजा गर्नु
पनि नराम्रो होइन जे
भएनी सबै महिला त हुन्

छुइहुदाँ घर छुइन्छ भन्दै
घर बस्न नदिने होइन।
आफ्नोघरमा यदि मनले
सक्दैँनौ भने भान्सा कोठा
र पुजा कोठा नजाउँ १ नत्र
सक्छौ भने सबै ठाँउमा
जाँउ२१ अौँ शताव्दिमा
घर बाहिर बसेरछुइ बार्न
खोज्दा नारीको इज्जत
ज्यान समेत गएको छ ।
पहिलेकाहरुले छाउ गोठमा
बस्दा सर्पलेडस्ने, निस्सासिएर
मरेका घटनाले गर्दा मेरो हृदय
छिया छिया हुन्छ । कतिपय
नारीले ज्यान पनि गुमाएका
छन। सबैले ध्यान दिउँ ।
महिनावारी इश्वरको एक वादान
हो। प्रकृतीको एक नियम हो।
छुइ नभई यो सृष्टी चल्दैन।

छुँइ हुँदा नियमित सरसफाई
गर्नु पर्छ घर छोडेर टाढा बस्नु
पर्ने होइन,पोषिलो र ताजा
खाना खाइ घरमै बस्नुपर्छ
यो अवस्था भनेको फूल फुलि
फल लाग्ने अवस्था हो। यो
अवस्थामा कसैले कसैलाई
छोयो भने देवता रिसाउने,
खोट लगाउने नराम्रो हुने
अवस्था पनि पक्कै हुँदै होइन
नियमित रुपमा सरसफाइमा
ध्यान दिउँ सफा धोएर सुकाएको
प्याडलाई राम्रो सँङ्ग सुक्न दिई
प्रयोग गर्नु पर्छ।स्वस्थ हुनुपर्छ।।।