Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

बन्दको समर्थनमा कर्णालीका मुख्यमन्त्री सडकमा

सुर्खेत |

 कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रचन्ड -नेपाल समुहका नेताहरु सडकमा उत्रिएका छन् । नेकपा प्रचन्ड -नेपाल  समूहले जारी राखेको आमहड्ताललाई सफल बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री पनि सडकमा उत्रिएका छन्।

कर्णालीका मुख्यमन्त्री लगाएत मन्त्रि सडकमा उत्रिए ( भिडियो सहित )

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी आमहड्ताललाई सफल बनाउन सडकमा उत्रिएका हुन्।

स्थानीय मंगलगढी चौकमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदका विरुद्ध सडकमा आउनु परेको प्रतिक्रिया दिएका छन्।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको विरुद्ध आन्दोलन गर्नुपरेको मुख्यमन्त्री शाहीले बताए।