Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार । Friday 17th May 2024

ई. प्रा.डा. अधिकारीको निर्माण विकासको इतिहास समेटिएको पुस्तक सार्वजनिक

काठमाडौँ |

ई. प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको पुस्तक ‘सुशासन र प्रभावकारिताको कसीमा सार्वजनिक खरिद र निर्माण आयोजना व्यवस्थापन’ सार्वजनिक भएको छ ।

पुस्तकमा नेपालको खरिद र निर्माण व्यवस्थापनको परिदृश्यलाई प्रष्ट रुपमा चित्रण गरिएको छ । साथै, सुशासनका लागि भविष्यको मार्ग प्रसस्तसमेत गरिएको छ।

निर्माण व्यवस्थापन विज्ञ अधिकारीले पुस्तकमा निर्माण उद्योगसँग सम्बन्धित विभिन्न विषय, घटना र सन्दर्भहरु समेटिएका छन् । उनलको पुस्तकमा समेटिएका ‘विद्यासुन्दरको गोलमाल नीति र अलपत्र रेल’, ‘गृहमन्त्री र निर्माण ठेक्का’ जस्ता शीर्षकका विषयले विमोचन अघि नै चर्चा पाइसकेका थिए ।

गणतान्त्रिक परिपेक्षमा निर्माण विकासको सन्दर्भबाट सुरु भएको पुस्तकमा नेपालको निर्माण विकासको इतिहाससमेत उल्लेख छ ।

९ परिच्छेदमा समेटिएको पुस्तक ३६० पृष्ठको छ भने यसको मूल्य ८ सय रुपैयाँ रहेको छ । पुस्तक पशुपति बुक्स एण्ड स्टेशनरीले प्रकाशन गरेको हो ।

इन्जिनियरपोष्टबाट