Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कर्णालीमा कोरोना खोप अभियानको लक्ष्य पुरा

सुर्खेत ।
कर्णाली प्रदेशमा कोभिड– १९ को खोप अभियानको लक्ष्य पूरा भएको बताइएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा नि. निर्देशक डा. रविन खड्काले कोभिड– १९ को खोप अभियानको लक्ष्य पूरा भएको बताउनु भएको हो ।

No description available.
नि. निर्देशक डा. खड्काका अनुसार कर्णाली प्रदेशमा ९ हजार ४२० जनाले कोभिड – १९ विरुद्धको खोप लगाएका छन् । यसरी खोप लगाउनेहरुमा जिल्लागत रुपमा सबै भन्दा बढी सुर्खेतमा २ हजार ३४० जनाले लगाएका छन् भने सबैभन्दा कम डोल्पामा ३३० जनाले खोप लगाइएका छन् । यसैगरि दैलेखमा १ हजार ४८३, जुम्लामा १ हजार ४०, सल्यानमा १ हजार २, रुकुम पश्चिममा ८५०, कालिकोटमा ८००, जाजरकोटमा ६७३, हुम्लामा ४८५ र मुगुमा ४१७ जनाले खोप लगाएका छन् । डा. खड्काका अनुसार कर्णालीमा ८२.३९ प्रतिशतले खोप लगाएका हुन् ।

यही माघ १४ देखि २४ सम्म संचालित खोप अभियानमा खोप लगाएकाहरुलाई अवान्छित ३३ वटा, गम्भीर १ वटा र सामान्य ३२ वटा साइड इफेक्ट देखिएको डा. खड्काले बताउनु भयो । कर्णाली प्रदेशमा सबैभन्दा बढि खोप लगाउने लक्षित वर्गमा स्वासथ्यकर्मी ३ हजार ७३७ रहेका छन् भने सबैभन्दा कम अन्य ४६ जनाले लगाएका छन् ।

अन्तरक्रिया कार्यक्रममा डा. खड्काले भन्नुभयो, ‘प्रदेश, जिल्ला तथा स्थानीयस्तरमा पूर्वाधार विकासमा महत्वपूर्ण कार्यहरू प्रारम्भ भएको, कर्णाली प्रदेश का २७ रणनैतिक स्थान मा चिकित्सक परिचालन, कर्णाली प्रदेशमा कोभिडको संक्रमण न्यून रहेको, प्रदेशस्तर तथा स्थानीय तहसम्म प्रयोगशाला परीक्षण विस्तार भएको, कोभिड १९ का कारण अभिलेख तथा प्रतिवेदनमा बृद्दि भएको छ भने नागरिकस्तरमा सूचना संप्रेषण भएको, मानिसहरूमा रोग लाग्नबाट सुरक्षित हुने उपायका वारेमा सचेतनामा बृद्धि भएको, कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि नागरिकस्तरबाट सहयोग धैर्यता देखिएको, समयमा नै जोखिममा रहेको जनसंख्यालाई खोप उपलब्ध भएको र सोही बमोजिम खो अभियान सम्पन्न र सहयोगी निकायहरूसँगको समन्वय र सहकार्यबाट उपलब्धी हाँसिल जस्ता कोभिड –१९ प्रतिकार्यका मुख्य उपलब्धीहरु भएका छन् ।’

No description available.
यो भ्याक्सिन लगाइपछि सामान्य समस्या जस्तै ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने तथा रातो हुने, वाकवाकी लाग्ने हुन सक्छन् । तर त्यस्ता लक्षणहरु देखिएमा आत्तिनु पर्ने भने हुँदैन । डा. खड्काका अनुसार त्यस्ता लक्षणहरु पछि आफै हराएर जाने भएकोले कोरोना महामारीलाई कम गर्नका लागि सबैले खोप लगाउनु अनिवार्य छ । जसका लागि नेपाल सरकारले पनि विभिन्न लक्षिात समूह निर्धारण गरेर सबैलाई खोप उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइसकेको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी –सरकारी, गै्रह्रसरकारी तथा निजि क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु, सार्बजनिक फोहोर संकलक सरसफाईकर्मी (पालिकाद्वारा नियुक्त), एम्बुलेन्स तथा शववाहान चालक तथा सहचालकहरु, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु, ७५ वर्ष र माथिका जेष्ठ नागरिकहरु, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरु र वृद्ध आश्रममा आश्रित नागरिक र हेरालु कर्मचारीहरु रहेका थिए । यसैगरि दोस्रो प्राथमिकतामा ५५ वर्ष देखि ७४ वर्ष सम्मका नागरिकहरु, ४० देखि ५४ वर्षको उमेर समुह मध्ये तोकिएका दिर्घ रोग भएका ब्यक्तिहरु, तोकिएका दिर्घरोग भएका अन्य ब्यक्तिहरु बैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थिहरु मध्ये यस्ता दिर्घरोग भएका व्यक्तिहरु तथा सञ्चारकर्मीहरु रहेका छन् भने तेस्रो चरणमा खोप लगाउन मिल्ने सबै अन्य नागरिकहरु रहेका छन् ।

कर्णाली प्रदेशमा अहिलेसम्म ९८ हजार १३९ जनाको परिक्षण गरिएकोमा ७ हजार ७५० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३१ जनाले ज्यान गुमाई सकेका छन् । हालसम्म ४३ जना उपचारमा रहेको भए पनि अन्य निको भइसकेका छन् ।