Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

पाँचजना जुवाडे पक्राउ

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच जना जुवाडे पक्राउ गरेको छ । २९ गते ५ बजेतिर वीरेन्द्रनगर न.पा.८ आवास क्षेत्र स्थित बल ब.शाहीको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जुवाडेहरु पक्राउ गरेको प्र.नि.कनक ब.शाहीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट ३ गड्डी ताससहित रु, ४४हजार १३५ नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला दैलेख चामुण्डा बिन्द्रासैनि ४ घर भई हाल वीरेन्द्रनगर न.पा.७ बस्ने बर्ष ३२ को झक्क ब.शाही, बर्ष २६ को खेमराज शाही, बर्ष २३ को भरत शाही, वडा नं. ३ बस्ने बर्ष ४२ को नरेश शाही, वडा नं. ८ बस्ने बर्ष ४४ को रेशम पंगेनी रहेको प्रहरीले जनाएको छ ।