फेरि बढ्यो इन्धनको मूल्य
- 1.9Kshares
- Viber
- Facebook Messenger
काठमाडौं ।
नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलकाे ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ ।
- Total: 1.9K
- Viber
- Facebook Messenger