खेती याेग्य जमिनकाे माग राख्दै बादी समुदाय सुर्खेतमा
सुर्खेत ।
दैलेख जिल्लको विभिन्न ठाउँमा बस्दै आएका बादी समुदाय आइतबारदेखि हिड्दै सुर्खेत आएका छन् । दैलेखबाट उनिहरुले आफूलाई सरकारले खेतीयोग्य जमिन उपलब्ध गारउनुपर्नेजस्ता माग राखी पर्दैल हिड्दै कर्णालीको राजधानी समेत रहेको सुर्खेत आइपुगेका हुन ।
विगतदेखि नै आफूहरुलाई सरकारी पक्षले उपेक्षा गरेको भन्दै मुख्यमन्त्री समक्ष आफ्ना माग राख्ने उनिहरुले बताएका छन् । दैलेखको विभिन्न ठाउँका करिब ३०० जना बादी समुदाय सुर्खेत अाएका हुन । ‘दुल्लु नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, ढाँटीकाँध गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भैरवी गाउँपालिका र महाबु गाउँपालिकाका विभिन्न ठाउँमा बस्दै आएपनि त्यहाँ न हाम्रो खेती योग्य थियो नत हामीलाई सम्बन्धित निकायले खेती योग्य जमिन उपलब्ध गराए,’ हिक्मत बादीले भने, ‘हामी बाढी पिडित पनि हो ।
एकातिर खेती योग्य जमिन नभएको अर्को तिर बाढीपिडित भएकोले हामी धेरै मारमा प¥यौ ।’ पौरखी भए पनि खेती योग्य जमिन नहँुदा आफूहरु केही गर्न नसकेको उनिहरुको गुुनासो छ । सुर्खेत आइपुगेका बादी समुदायले आज मुख्यमन्त्री कार्यलयमा रात विताउँने बताएका छन् ।







