Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

३६ सिडिओको सरुवा, सुर्खेतमा रिजाल आए (सूचीसहित)

सुर्खेत ।
गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

जसमा सुर्खेतमा छविलाल रिजाल प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापना हुनुभएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी आर्थिक मामिला मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएपछि रिजाल सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना हुनु भएको हो ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगा, सुर्खेतलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्नुभएको हो ।