Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

अधिकारीको अध्यक्षमा हेमराज

सुर्खेत ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान सुर्खेत शाखाको अध्यक्षमा हेमराज अधिकारी चयन हुनु भएको छ । जिल्लाको तेस्रो साधारण सभाले हेमराज अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

No description available.

यसैगरि उपाध्यक्षमा तिलक अधिकारी, सचिवमा सुमन अधिकारी, कोषाध्यक्षमा धनिराम अधिकारी, सहसचिवमा शान्ति अधिकारी र सदस्यहरुमा टेकबहादुर अधिकारी, रविन्द्र अधिकारी, शान्ता अधिकारी र धु्रब अधिकारी चयन हुनुभएको निवर्तमान अध्यक्ष बालाराम अधिकारीले जानकारी दिनु भयो ।

साधारण सभाले बालाराम अधिकारी, हरि प्रसाद अधिकारी र रत्न अधिकारीलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ भने जिल्ला शाखाको अध्यक्ष स्वतः केन्द्रिय प्रतिनिधि हुने वैधानिक व्यवस्था छ ।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष एवम् कर्णाली प्रदेश संयोजक खगेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । यस वंश प्रतिष्ठानले आफ्ना पूर्वजले गरेका ऐतिहासिक कार्यहरुको संरक्षण गर्दै भविष्यका सन्ततीका लागि वंशको बारेमा काम गर्ने संयोजक अधिकारीले बताउनु भयो । साधारण सभाको सहजिकरण पूर्णदेव अधिकारीले गर्नुभएको थियो ।

No description available.

No description available.