Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

संघीयता कार्यान्वयनका लागि जिम्मेवार निकायहरू नै उदासिन

सुर्खेत ।‘कर्णाली उत्सव कुडा कर्णालीका’ दोस्रो संस्करणको अन्तिम दिन ‘कैथा नेता कैथो नेतृत्व’ मुख्य मान्ठ, मूल कुडा कार्यक्रममा बोल्दै प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनका लागि जिम्मेवार निकायहरू उदासिन रहेको बताएका छन् ।

‘उनले संघीयता कार्यान्वयन गर्ने निकायका कारण संघीयता कार्यान्वयनमा समस्या भइरहेको बताए ।

तीनै तहका सरकारले अधिकार नपाएको उल्लेख गर्दै उनले पुरानो मानसिकता कायमै रहेको बताए । ‘पात्र परिवर्तन भए पनि पुरानो मानसिकता जस्ताको तस्तै भयो,’ उनले भने, ‘जसको लाठी उसैको भैँसीजस्तो भएको छ ।’

‘मैले संघीयता आइसकेपछि तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व हुनुपर्ने तथा तीनै तहका सरकारलाई दिइएको अधिकार कार्यन्वयन गरिनुपर्छ भन्ने कुरा राख्दै आएको छु,’ उनले भने, ‘हामीले राख्दै आएको कुरा कार्यान्वयन गर्ने निकायका कारण समस्या भएको हो ।’

राजनीति गर्ने व्यक्तिलाई चुनौती आउने बताउँदै उनले टिकिरहन समस्या भएको बताए । ‘हाम्रो प्रधानमन्त्रीलाई सोधे हुन्छ । उहाँको दुई तिहाईको सरकार थियो,’ उनले भने, ‘नेतृत्व टिकिरहनु ग्राहो विषय हो । मैले प्रदेश २ मा त्यस्तो महसुश गरेको छैन । सबैको सहयोग पाएको छु ।’

संघीयताको मर्मअनुसार अहिले पनि संरचना परिवर्तन नभएको उल्लेख गर्दै उनले केवल व्यवस्था परिवर्तन भएको बताए । ‘साना–साना योजना पनि संघीय सरकारले हेर्ने, राष्ट्रिय योजना आयोगले साना–साना काम गर्न थाल्यो भने के होला ?’ उनले भने, ‘संघीय, प्रदेश र स्थानीय तहका सरकारका आ–आफ्ना अधिकार छन् ।’

कर्णाली र प्रदेश २ लाई संघीयता चाहिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले तर यहीँ समस्या भएको बताए । ‘संघीयता साच्चै चाहेको कर्णाली प्रदेश र प्रदेश नं. २ ले नै हो,’ उनले भने, ‘कर्मचारी यहीँ आउन नमान्ने ।’