Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक चैत ४ गते

सुर्खेत ।
नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक चैत ४ गतेका लागि बोलाइएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले चैत ४ गतेका लागि बैठक बोलाएका हुन् ।

चैत ४ गते दिउँसो १ बजे बैठकमा उपस्थित हुन म्यासेजमार्फत् जानकारी आएको एमाले प्रदेशसभा सदस्य सुशील थापाले बताए । ‘४ गतेका लागि दलको बैठक बोलाइएको छ, हामीलाई म्यासेजमार्फत् बैठक बस्ने जानकारी आएको हो,’ थापाले भने । संसदीय दलको बैठकमा एमालेका सबै प्रदेशसभा सदस्यलाई उपस्थितिका लागि बोलाइएको एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

सोही दिन एमालेको खनाल–नेपाल समूहले भने काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । उक्त भेलामा सहभागी हुन खनाल–नेपाल समूहका अधिकांश सांसद काठमाडौं गइसकेको प्रदेशसभा सदस्य थापाले बताए ।