Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

प्रगतिशील पत्रकार संघ सुर्खेतको अध्यक्षमा रेग्मी

सुर्खेत ।
यही चैत्र २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनको माहोल तातिइरहेको बेला सुर्खेतमा प्रगतिशील पत्रकार संघले आफ्नो जिल्ला शाखा पुर्नगठन गरेको छ । शनिबार भएको भेलाले हस्तराज रेग्मीलाई जिल्ला शाखा सुर्खेतको अध्यक्षमा चयन गरेको छ ।


यसैगरि सचिवमा धर्मराज दानी, कोषाध्यक्षमा खड्गबहादुर विके र सदस्यहरुमा सृष्टिना शर्मा, हरि बुढालाई चयन गरेको छ भने सल्लाहकारमा भानुभक्त भारती र जीवन शाहीलाई चयन गरेको सचिव धर्मराज दानीले जानकारी दिए ।

साथै नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा वामघटकसँग सहकार्य गर्दै निर्वाचनमा भाग लिन निर्णय समेत भेलाले गरेको छ ।