Loading... आजः ३ आश्विन २०७८, आईतवार । Sunday 19th September 2021

खुला पुरुष भलिबलको उपाधी चुलि युवा क्लबले जित्यो

सुर्खेत ।
कर्णाली प्रदेशको राधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन आयोजना गरिएको प्रथम भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम चुलि युवा क्लबले जितेको छ । रुकुम पश्चिमलाई हराउँदै प्रथम चुली कप–२०७७ को उपाधी जितेको हो ।


सुर्खेतको वीरेन्द्रनगरमा चुलि युवा क्लब सिम्ताले आयोजना गरेको खेलको उपाधि समेत आयोजक टिम चुलि युवा क्लबलेनै जितेको खेलका संयोजक मोतिराम नेपालीले बताएका छन् । फाइनल प्रतियोगितामा रुकुमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधीसँगै दुई लाख नगद र टर्फी पाएको छ । उपाधीको दावेदार रुकुमपश्चिम दोस्रो भएको छ ।

खुला पुरुष भलिबलको उपाधी चुलि युवा क्लबले जित्यो
दोस्रो हुनेले नगद १ लाख ५० हजार र टर्फी पाएको छ । यस्तै, तेस्रो हाम्रो कम्प्युटर सुर्खेत र चौथो बनगाड कुपिण्डे युवा क्लव भएको छ । तेस्रोले नगद एक लाख र चौथोले ५० हजारसहित टर्फी पाएका छन् ।