Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार । Friday 17th May 2024

टिप्पर दुर्घटनाः ३ घाइते

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा टिप्पर दुर्घटाना हुँदा ३ जना घाइते भएका छन् । एरिचोक देखि मंगलगढीचोक तर्फ आउँदै गरेको बा ४ ख ९८५३ नम्बरको टिप्पर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन ।

घाइते हुनेमा चालक थाक्रे गाउँपालिका वडा नम्बर ३ धादिङका २३ वर्षीय राम मगर,सहचालक सोही गाउँपालिका वडा नम्बर ७ का २९ वर्षीय रमेश कोइराला र सवार ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १ का माधव खत्री रहेको ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यले जानकारी दिनुभयो।

घाइतेको सुर्खेत हस्पीटलमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेत प्रमुख उपेन्द्र आचार्यले जानकारी दिए ।

उच्च गति कारण दुर्घटना भएको उनले बताए । बजार क्षेत्रमा समान ओसार पसार गर्ने क्रममा उच्च गतिमा चलेको पुलबाट तल खेसेको उनले जानकारी दिए ।