साझा प्रतिवद्धता याद छ : यामलाल कंडेल
सुर्खेत ।
नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले कर्णाली प्रदेशको सातौ अधिवेशनमा बोल्दै आफू र आफ्नो पार्टीलाई प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा गरेका प्रतिवद्धताहरु याद भएको बताएका छन् ।
उनले भने ‘जनताको चाहाना र जनताको जनादेश के थियो भन्ने कुरा जनताले बुझिरहेका छन् । सातौ अधिवेशनसम्म आइपुग्दा देशकै राजनीतिक स्वरुप समेत परिवर्तन भएको अवस्थामा कर्णालीमा पनि परिवर्तन हुनु स्वभाविक हो । हामीले हिजो एकिकृत नेकपा हुँदा पनि कर्णाली प्रदेशमा आफ्ना अवधारणा व्यक्त गरेका थियौ तर त्यसलाई स्वार्थ र अनुकूलका आधारमा अघि बढ्ने नेपाली राजनीतिको विरासत अहिलेपनि कायम छ । राजनीतिक घटनाक्रममा विमति हुनु स्वभाविक छ ।
दलिय आचरण अनुसार अघि बढौं । पार्टीका सम्बन्धका आधारबाट नभई व्यक्तिगत सम्बन्धका आधारमा अघि बढ्नु गलत छ । नेपाली जनताको चाहना अनुसार हामीले समर्थन गरेका थियौ । आज एमाले बनेर होइन नेकपा नै हुँदा हामीले विश्वास छैन भनिसकेका थियौ । आजसम्मका कामका आधारमा नेकपा एमालेले समर्थन फिर्ता लिएका हौ । एमालेमा पार्टी भित्र समस्या छ तर संसदीय दलभित्र कुनै समस्या छैन । नेकपा एमाले एकतावद्ध भएर अगाडि बढिरहेको छ ।’





