Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत मागे

सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको प्रदेशको निर्माण गर्दा तिव्र विकास र आर्थिक समृद्धि देखेको बताएका छन् । उनी विरुद्ध कर्णाली प्रदेशसभामा एमाले समर्थन फिर्ता लिएपछि विश्वासको मत माग्दै उनले सो कुरा बताएका हुन् ।

‘कसैलाई विपक्ष नराख्ने यहाँको प्रतिपक्ष भनेको कर्णालीको गरिबी हो, रोग हो, भोक हो भनेका थियौं ,’ उनले भने ‘हाम्रो सबैको चाहना सबैका चाहना तिब्र आर्थिक विकास गर्नका लागि सबै एकै ठाउँमा उपस्थित भएका छौं ।’

यहाँको असल सुशासन कायम गर्नका लागि एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको र आफु विरुद्ध परेको अविश्वास मतलाई पुनः आफु विश्वासका मत माग गरे । ‘कर्णालीमा माओवादीको संसदीय दलको उपस्थितीका विषयमा यहाँहरुलाई जानकारी नै छ ’ उनले भने,‘पुनः मलाई विश्वास गर्दै मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’