Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

ह्विप नमानेको भन्दै एमालेका सांसदलाई कारवाही

सुर्खेत ।
पार्टीको ह्विप नमानेको भन्दै नेकपा एमाले कर्णाली प्रदेश कमिटीले प्रदेश सभा सदसयहरुलाई कारवाही गरेको जनाएको छ । यही वैशाख ३ गतेको प्रदेश सभामा एमालेका नन्दसिं बुढा, अम्मर बहादुर थापा, कुर्मराज शाही र प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

२०७७ चैत्र ४ गते बसेको एमाले प्रदेश संसदीय दलको बैठकले माओवादी (केन्द्र) को तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई दिएको विश्वासको मत फिर्ता लिएको निर्णय गरेको थियो । त्यसपछि पनि मुख्यमन्त्री शाहीले आफूमाथि संसदमा विश्वासको मत रहेको बताउँदै आइरहेका थिए ।

यसैक्रममा वैशाख ३ गते बसेको प्रदेश सभाको सातौ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने क्रममा पार्टीको ह्विप नमानेर एमालेका चार जना सदस्यहरुले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने र पार्टीका कुनै पनि कमिटीमा जिम्मेवारी नरहेको भन्दै एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

तर सांसद प्रकाश ज्वाला भने नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य रहेकोले सोही खालको कारवाही गर्न पार्टीको केन्द्रमा सिफारिस गरेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि २०७८ बैशाख ३ गते बसेको कर्णाली प्रदेश सभाको बैठकमा नेकपा एमाले कर्णाली प्रदेश सभा दलको ह्वीप उलंघन गरी नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित एवम् कर्णाली प्रदेश कमिटीका सदस्य समेत रहेका निम्न व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विजयी एवम् कर्णली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरी जघन्य अपराधपूर्ण काम गरेका छन्,’ अध्यक्ष बोगटीले विज्ञप्तीमा उल्लेख गर्दै भनेका छन्, ‘हाम्रो पार्टीको २०७८ बैशाख ३ गतेनै बसेको प्रदेश सभा दलको बैठकको निर्णय अनुसार निजहरुलाई प्रदेश सभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाटसमेत निस्कासन गर्न भनि आएको सिफारिसलाई समेत आधार बनाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी निजहरुलाई पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ ।’