Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

सुर्खेत प्रशासनले भन्यो, २५ जना भन्दा बढी भेला नहुनु

सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले २५ जना भन्दा बढी भेला नहुन भनेको छ । प्रशासनले एक सूचना प्रकाशित गरी २५ जना भन्दा बढी भेला नहुन भनेको हो । यसैगरी जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जिल्लामा बढ्दै गइरहेको कोरोना संक्रमणका कारण वीरेन्द्रनगर भित्रका विद्यालय, कलेज, ट्यूसन सेन्टर र तालिम केन्द्रसमेत बैशाख मसान्तसम्मका लागि बन्द गर्ने र वैकल्पिक शिक्षण गतिविधि संचालन गर्ने । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार दोहोरी जस्ता क्रियाकलाप हुने स्थान समेत वैशाख मसान्तसम्म बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ ।

मठ, मन्दिरहरुमा समेत २५ जना भन्दा बढि भेला नगराई पूजाआजा गर्न सकिने छ भने मेला महोत्सव, जात्रा पर्व, विवाह आदिमा समेत २५ जना भन्दा बढी भेला हुन पाइने छैन । त्यसरी भेला हुँदा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्नेछ । धार्मिक तथा अन्य कार्यहरु गर्दा प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनु पर्ने व्यवस्था प्रशासनले गरेको छ । कार्यालय पसल तथा सार्वजनिक स्थलहरुमा मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

प्रत्येक स्थानीय तहले आ–आफ्नो स्थानीय तहमा बाहिरबाट आउनेहरुको विवरण राख्नु पर्नेछ भने नेपाल सरकारबाट आएको आदेशको परिपालन नभएको अनुगमनको क्रममा फेला परेमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

No photo description available.