कर्णाली प्रदेश सरकारमा भगौडाको बाहुल्यता रहेको छ : नेता यामलाल
सुर्खेत ।
कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कंडेलले कर्णाली प्रदेश सरकार भगौडाहरुको बाहुल्यता रहेको बताउनु भएको छ । कर्णाली प्रदेश सरकारको सातौ अधिवेशनको दोस्रो बैठकमा बोल्दै नेता यामलाल कंडेलले यस्तो बताउनु भएको हो ।
यही बैशाख ३ गतेको सातौ अधिवेशनको पहिलो बैठकमा नेकपा एमालेका चार जनाले फ्लोर क्रस गरेर माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वासको मत दिएपछिको पहिलो बैठक भएकोले नेता यामलाल कंडेलले निक्कै रोष व्यक्त गर्नुभयो ।
फ्लोर क्रस गर्ने चार जना सदस्यहरुलाई बारम्बार भगौडाको संज्ञा दिँदै रोष्टममा नै निकै जंगिएका नेता कंडेलले ‘भगौडाहरुलाइ पुुरस्कार गर्ने सरकार भनेको पहिलो सरकार कुन हो भनेर भन्दा कर्णाली सरकार हो भनेर भन्ने अवस्था हो ।’ उहाँले थप्नुभयो ‘फ्लोर क्रस गरेर मन्त्री बनेको सासंदलाई बाहिरी जनाताले नमस्कार मन्त्री ज्यू भनेर सम्मान गरेपनि उनिहरुलाई भित्री रुपमा जनताले बुझिसकेका छन् ।’
विशेष गरी फ्लोर क्रस गर्ने सांसदहरु प्रति आक्रोषित देखिनुभएका नेता कंडेलले भन्नुभयो, भगौडाको कमाण्डरलाई म केही भन्न चाहान्न तर भविष्यमा जनताले त्यसको जवाफ दिनेछन् ।
फ्लोर क्रस गरेका सांसद प्रति इंगित गर्दै नेता कडलले भन्नुभयो, उहाँहरु मन्त्री हुनुभएको छ । भगौडाहरुले यो रोष्टममा आएर बोल्दा अर्ति उपदेश दिँदा जनआक्रोस बढ्छ भन्ने हेक्का रहोस् । भगौडालाई कहाँ राख्ने भन्ने बारेमा सरकारले सोचोस् यदि त्यसो नगरे संसद संचालनमा एमालेल फरक भूमिका प्रस्तुत गर्नेछ नेता कंडेलले भन्नुभयो ।






