Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

ट्राफिक प्रहरी अभियान, तपाईंको मास्क खोई ?

सुर्खेत ।
जिल्ला ट्राफिक प्रहरी कार्याालय सुर्खेतले तपाईंको मास्क खोई ? अभियान संचालन गरेको छ । आज रात १२ बजेदेखि सुर्खेत जिल्लामा लकडाउन हुँदैछ । लकडाउनको पूर्वसन्ध्यामा ट्राफिक प्रहरीले बाटोमा हिड्ने पैदल यात्रीदेखि साना तथा ठूला सवारी साधन चालकसम्मलाई तपाईंको मास्क खोई ? भन्दै मास्क नलगाउनेहरुलाई मास्क वितरण गरेको छ ।

कोरोना संक्रमण दरमा तिब्र बृद्धि भइरहेकोले जनचेतना फैलाउने उद्देश्यले प्रहरीले उक्त अभियान संचालन गरेको हो । मोटरसाइकलमा हिड्नेहरु मास्क नलगाएरै हिडिरहेको अवस्थामा मास्क दिँदै कोरोनाबाट बच्न र बचाउनका लागि मास्क अनिवार्य भएकोले मास्क वितरण गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

उक्त अभियानमा ट्राफिक प्रहरीले कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका मापदण्डहरुको समेत जानकारी गराएको छ । सुर्खेतमा पनि पछिल्लो समयमा कोरोनाको रेड जोनमा परेका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गराउन प्रशासनले सबैलाई आग्रह र अनुरोध गरेको छ ।