कर्णालीका तीन मन्त्रीले लिए पुनः सपथ
सुर्खेत ।
फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तिन जना मन्त्रीले आज पुनः सपथ ग्रहण गरेका छन् । एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढा, भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापा र भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कोलौनीले दिउँसो एक बजे पुनःसपथ खुवाउनु भएको छ ।
फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई सांसद पद खारेज गरेको थियो । पार्टीले निष्कासन गरेसँगै तीनैजना मन्त्री नियुक्त भएको आठ दिनमै वैशाख १३ गतेदेखि पदमुक्त भएका थिए ।
यसरी सपथ लिएका तीनै जना मन्त्रीहरुले संविधान बमोजिम ६ महिना भित्र सांसद पद प्राप्त गर्न नसकेमा स्वतः उनीहरुको मन्त्री पदको म्याद समाप्त हुनेछ ।






