Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

देशभर थप ४८९७ जनामा कोरोना संक्रमण

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ३४ जनाको परीक्षण भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ जनाको पिसिआर परीक्षणबाट ४ हजार ७ सय ७७ जना र ९ सय ५५ जनाको एन्टीजेन गर्दा १ सय २३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जस अनुसार काठमाडौंमा १ हजार ४ सय ६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ३० हजार २ सय ९ जना सक्रिय संक्रमित छन्। हाल ५४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

पछिल्लो २४ घण्टामा ७७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।