थप ७४४८ जनामा कोरोना संक्रमण, ३७ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि हो ।
कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्।
हाल २१२ जना संक्रमित क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ३६२ पुगेको छ।






