चौकुनेमा अक्सिजन सहितको आईसोलेशन सेन्टर स्थापना
सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अक्सिजन सहितको आईसोलेशन कक्ष स्थापना गरिएको छ । गाउँपालिका– ५ मा रहेको जीवन ज्योति माद्यामिक विद्यालयमा ५० शैयाको आईसोलेसन कक्ष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

विश्व भर महामारीको रुपमा फैलिरहेको नयाँ प्रजातिको भेरयिन्ट कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि अक्सिजन सहितको आइसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले भाईरस नियन्त्रण गर्न र फैलिन नदिन गाउँपालिकाले सबै जनशक्ति प्रयोग गरि आईसोलेशन कक्ष तयारी अवस्थामा राखिएको बताए ।






