Loading... आजः २ बैशाख २०८१, आईतवार । Sunday 14th April 2024

गुठीचौरद्वारा कृषि र पशुपालनलाई प्राथमिकता

जुम्ला ।

जुम्लाको गुठीचौर गाउँपालिकाले कृषि र पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ । किसानहरूको जीवनस्तर सुधार गर्दै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गर्ने उद्देश्ले कृषि र पशुपालनलाई प्राथमिकता गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो ।

गुठीचौरद्वारा कृषि र पशुपालनलाई प्राथमिकता
उहाँले भन्नुभयो, ‘गाउँपालिकाका अधिकांश किसानहरू कृषिमा आबद्ध छन् । चरन क्षेत्र पनि प्रशस्त भएकाले कृषि र पशुपालनलाई प्राथमिकता दिएका छांै । गाउँपालिकले चालु आर्थिक वर्षमा विनियोजन गरेको ३३ करोडमध्ये कृषिमा ३० लाख ३२ हजार र पशुपालन क्षेत्रमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ । एक घर एक बगैँचा निर्माण गर्ने र उन्नतजातको पशुपालनलाई बढवा दिने नीतिका साथ कृषि र पशुपालनलाई गाउँपालिकाको विशेष प्राथमिकता रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।’

कृषिका क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने र किसानहरूले उत्पादन गरेका कृषिवस्तुलाई बजारीकरण गर्ने उद्देश्यका साथ स्थानीय सरकार लागि परेका छ । गरिबीलाई घटाउन कृषि र पशुपालनमा गाउँपालिकाले जोड दिइएको छ । किसानहरूले गर्दै आएको पुशपालन व्यवसायलाई वृद्धि गरी सो पेसामा लागेका यहाँका स्थानीयवासीलाई गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष भण्डारीले भन्नुभयो, ‘स्थानीय सरकार कृषि र पशुपालनमा गम्भीर भएकाले प्रत्येक घरमा पशुपालन र बगैँचा निर्माणलाई पनि जोड दिएका छौं । घर खर्च चलाउनका लागि विदेशमा जाने युवाहरूलाई आफ्नै गाउँठाउँमा कृषि कर्म गर्नको लागि कृषि कार्यक्रमलाई गाउँपालिकाले विशेष महŒव दिएको अध्यक्ष भण्डारीले बताउनुभयो । कृषि क्षेत्र सुधार नभएसम्म किसानहरूको जीवनस्तर पनि माथि नउठ्ने गुठीचौर गाउँपालिकाले जनाएको छ ।

जिल्लाका अन्य गाउँपालिकाभन्दा गुठीचौर गाउँपालिकामा भैँसीपालन बढी हुने गरेको छ । गाउँपालिकाभित्रका ३७ जना किसानलाई गाउँपालिकाले दुहुना भैँसी वितरण गरेको सो गाउँपालिको कृषि शाखाले जनाएको छ ।