Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

पूर्ण शाहीले भन्नुभयो, मेरो घर कोरोना उपचार केन्द्र बनाउनुहोस्

सुर्खेत ।
जाजरकोट जिल्लाको साविक मजकोट गाविस हाल जुनिचाँदे गाउँपालिकामा जन्मुभएका पूर्ण बहादुर शाही पेशाले शिक्षक हुनुहुन्छ । हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मा स्थायी बसोबास गर्दै आउनु भएका शाही शिक्षक पेशामा आवद्ध हुनुहुन्छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले निम्त्याएको संकटको बेलामा अस्पतालमा बेडको अभावदेखि अक्सिजनका लागि सिलिण्डर समेतको अभाव भएका समाचारहरु आइरहेका बेलामा शाहीले भने आफ्नो घरलाई कोरोना उपचारका लागि अस्पतालको रुपमा प्रयोग गर्न दिने घोषणा गर्नुभएको छ ।


उहाँले सामाजिक सञ्जालमा मार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै भन्नुभएको छ, कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित कुनै पनि अस्पतालमा कोरोना तथा अन्य विरामी राखी उपचार गर्न असहज परिस्थिति सिर्जना भएमा वीरेन्द्रनगर खजुरमा अवस्थित मेरो घरमा उपचार केन्द्र राखी सेवा दिनको लागि म सेवा दिन तत्पर भएको कुरा सरोकारवाला सबैमा जानकारीको लागि विनम्र अनुरोध गर्दछु ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा कोरोनाका विरामीहरु दिनप्रति दिन बढ्ने क्रम तिब्र अवस्थामा रहेकोले अस्पतालको अभाव भएको अवस्थामा उहाँको घरलाई उपचार केन्द्रको रुपमा प्रयोग गर्न सरोकारवालाहरुको ध्यान जान जरुरी छ ।