Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ ।

यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय गरेको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

‘ कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ ।’ बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने ।