Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

राष्ट्रपतिबाट धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नु भएको हो । यसका लागि उहाँले दलहरुलाई भोलि साँझ ५ बजेसम्मको  समय दिनु भएको छ ।
प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानको उपधारा ५ मा छ ।