Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

छोराको जन्मदिनमा वृद्धाश्रममा सहयोग

सुर्खेत ।
अमेरिकामा बस्दै आएकी समाजसेवी जयन्ती थापाले सुर्खेतको प्रशान्ति वृद्धाश्रमलाई सहयोग गरेकी छन् । उनले छोरा जेसन चन्दको जन्मदिनको अवसरमा वृद्धाश्रमलाई सहयोग गरेकी हुन् ।

जन्मदिन तथा अन्य अवसरहरु पारेर विभिन्न अनाथालय, वृद्धाश्रम तथा विपन्नहरुलाई सहयोग गर्दै आएकी जयन्तीले यस वर्ष पनि छोराको जन्मदिनमा वृद्धाश्रममै सहयोग गरेकी हुन् । उनका छोरा आजैबाट आठ वर्ष पूरा गरि नवौं वसन्तमा पाइला टेकेका छन् ।

कोरोना माहामारीको यस्तो विपतको समयमा चामल, दाल, नुन तेल, चिनी, केकलगायतका १५ हजार बढिका सामग्रीहरु सहयोग गरेको र यस कार्यले आफू खुसी भएको जयन्ती थापाले बताइन् । उनले सहयोग गरेको सामग्रीहरु जयन्तीका बुबा धर्मजंग थापाले वृद्धाश्रममा हस्तान्तरण गरेका छन् ।

जयन्तीले विभिन्न समयमा यस्ता सहयोगहरु गर्दै आइरहेकी छन् । उनले जनजागृत आधारभूत विद्यालयमा ५ जना विद्यार्थीहरुलाई आफ्नै खर्चमा पढाइरहेकी छन् भने विभिन्न विद्यालयहरुमा अक्षयकोष समेत स्थापना गरेकी छन् ।

जेसन चन्दलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.