Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

रक्तदान सम्पन्न

 सुर्खेत ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच पनि रगतको अभाव कम हुन नदिन सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड–१९ को सङ्क्रमणको त्रास र लकडाउनका कारण प्रदेश अस्पताल सुर्खेतमा रगत अभाव भएपछि रगतको अभाव पुरा गर्न वीरेन्द्रनगरमा रक्तदान गरिएको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससंगको सहकार्यमा वि.पि कोईराला स्कुल अफ पब्लिक पोलिसी सुर्खेतले बुधबार रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कंडेलले सुर्खेतमा रगतको अभाव हुन नदिने बताएका छन् ।

वीरेन्द्रनगरका कुनै पनि विरामिलाई रगत अभव भए र मर्नु पर्ने बाध्यताको अन्ते गरिने उनको भनाई छ । नेवि संघका केन्द्रिय सदस्य हरिप्रसाद शर्माले लकडाउनको सीमा क्षेत्र भित्र रही रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे । रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए ।

कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई विद्यार्थी नेता मोहन रानाले धन्यवाद दिए । बिहान ७ बजेबाट सञ्चान भएको रक्तदान कार्यक्रम १० बजे सम्मन भकएको वि.पि कोईराला स्कुल अफ पब्लिक पोलिसी सुर्खेतका संयोजक बिवेक खड्काले बताए । बुधबार मात्र २५ पईन्ट रगत संकलन गरेको उनले जानकारी दिए ।