Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

एमालेले मुख्यमन्त्री शाहीलाई बुझायो १९ बुँदे मागपत्र

सुर्खेत ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १९ बुँदे मागपत्र बुझाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेजमा उक्त माग सम्बोधन गर्न माग गर्दै कर्णाली प्रदेशसभा दलका दलनेता यमलाल कँडेलले उक्त मागपत्र बुझाएका हुन् ।

१० राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने भनिएकाले पर्याप्त बजेटको व्यवस्थापन गर्न, जनता सडकलगायतका प्रिय कार्यक्रमलाई निरन्तरता दिनलगायतका माग राखिएको छलफलमा सहभागी एमाले सांसद करवीर शाहीले जनाए । साथै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग शनिबार सरकारले पेस गरेको नीति तथा कार्यक्रममा विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

No photo description available.