Loading... आजः १० श्रावण २०७८, आईतवार । Sunday 25th July 2021

देशभर थप २,८२८ जनामा कोरोना संक्रमण, ५२ संक्रमितको मृत्यु

थप ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन गरी जम्मा १३ हजार २२ जनामा गरिएको परीक्षण गरिएको थियो ।

तीमध्ये ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।  नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन गरी जम्मा १३ हजार २२ जनामा गरिएको परीक्षण गरिएको थियो ।

तीमध्ये ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको छ।