Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

हुतिहारा

करिव करिव तीन साताको आईसोलुशन कक्षवाट बाहिर आएपछि उपचारमा खटिएकी नर्सले भनिन “वधाई छ राजजी ! तपाईंले कोरोना जित्न सफल हुनुभएको छ । ” विश्वलाई समेत आक्रान्त पारेको महामारी । त्यही महामारीको सिकार वनेको राज शर्मा आज कोरोना जित्न सफल भयो । स्वास्थ्यकर्मिहरुको समुहले राज सँगै केही थान मान्छेहरुलाई आज ‘डिस्चार्ज ‘ गरि घर पठाउने तरखर गर्दै थिए । उसलाई अलि बढी केयर गरेकी एक जना स्वास्थ्यकर्मीले भनेकी थिईन “यो खुसी सवैभन्दा अगाडि कसलाई बाँढ्न चाहनु हुन्छ ?” हातमा मोबाइल समात्यो र एक अपरिचित नम्वर डायल गर्यो ।

जसलाई फोन गर्न चाहन्थ्यो उसको नम्वर “व्ल्याक लिस्टेड” राखिएको रहेछ । स्वास्थ्यकर्मीको मोबाइल बाट त्यही नम्बरमा फोन गर्न थाल्यो जुन फोन नम्बर उसकोमा व्ल्याक लिस्टमा थियो । मुटुको चाल रोक्न खोज्दै फोनमा बोल्छ । उ: “हेल्लो” “नमस्कार ” फोन: ” नमस्कार ! मैले चिनिन त ” उ : “म राज शर्मा ४१३ दिन पछि बोल्दै छु ।” फोन : “कृपया फोन राखें, मलाई फुर्सद छैन र फेरि फोन नगर्नु उठाउने फूर्सद हुने छैन । अरु अरु मोबाइलबाट फोन नगर्नु साईवर क्राईम उजुरी गर्न मलाई कसैले रोक्ने छैन ” फोन कट्यो । राज भुइँमै थचक्कै वस्यो । राजलाई जतिवेला हल्का ज्वरो आए जस्तो, टाउको दुखे जस्तो , घाँटी सुकेजस्तो भएको थियो जचाँउन अस्पताल जादा `कोरोना पोजेटिभ ´ भएको रिपोर्ट आए सँगै घर फर्कन पाएन । खान वस्न र आवस्यक औषधिकोलागि अस्पतालमै व्यवस्था ।

बाहिर वाट सम्पर्क कसैसँग नहुने । जताततै विरामीहरु मात्र । स्वास्थ्यकर्मीहरु पनि `पिपिई´ र सर्जिकल मास्क लगाएर मात्र प्रवेश गर्ने । कसैले नछुने र छुन नमिल्ने रोग लाग्यो उसलाई । शारीरिक पीडा त छ नै । राजको घरपरिवारलाई समेत समाजले मानसिक पीडा दिन ल्द्न थाल्यो , समाजको जो कोहीले पनि छुन छोड्यो , हेर्न छोड्यो । दुधवालाले दूध ल्याउन छोड्यो ।

मासु पसलेले मासु बेच्न छोड्यो । फलफुल पसलेले राजको परिवारलाई फलफुल वेच्न छोड्यो । खाद्यान्नवालाले दाल चामल दिन छोडे । राजको परिवारका हातको रुपियाँ चलेनन । रुपियाँमा कोरोना हुन्छ रे । पीडा राजको स्वास्थ्यको भन्दा सामाजिक र मानसिक पीडा अझ बढी थपियो । स्वास्थ्य पनि झन झन कमजोर हुँदै गयो राजको । नर्मल वेडबाट भेन्टिलेटरवाला आईसियू वेडमा सारियो । स्वास्थ्यकर्मिहरु जिउज्यान दिएर उपचारमा खटी रहे । निक्कै लामो कसरत पछि आज राजको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । आफू पूर्णरुपमा ठिक भएको कुरा उसले आफ्नी ncell वालीलाई बाँढ्न चाहन्थ्यो ।

राजको आफ्नो भन्नू को पो छ र । केवल! वेचैन छ, छट्पटीन्छ । एक्लै टोलाउछ , एक्लै हराउछ । केवल उसैको नाम लिन्छ । सपनामा वर्वराउछ । जसले उसलाई भेटगर्ने माध्यमहरु बन्द गरेकी छे । मतलव कहिल्यै नखुल्ने फलामको ढोकामा एक तपास हान्दै छ, जो उसको लागि कुनै समय पनि खुल्दैन । हुतिहारा उ ।